arrow

आहाल खेल्दै एक सिंगे गैँडा

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको इचर्नी टापु क्षेत्रका पोखरीमा आहाल खेल्दै एक सिंगे गैँडा ।

एक सिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ ।

 यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ