arrow

जिम्मेवारी सम्हालेपछि धनकुटाका एसपीले यसो भने

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
sp.JPG

धनकुटा । सवैको सहयोगबाट मात्र शान्ति सुरक्षा कायम गर्न सकिने जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा  सहभागी प्रहरी तथा पत्रकारहरुले वताएका छन ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सुर्दशन प्रसाद कोइरालाले सवैको सहयोगबाट शान्ति सुरक्षा स्थापना गर्न सकिने बताए । जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुखको जिम्मेवारी सम्हालेपछि आइतबार धनकुटामा पत्रकार भेटघाट तथा अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रमा बोल्दै कानुनको कार्यन्वय र अपराध लाई नियन्त्रणका र शान्ति सुरक्षा कायम गर्न कटिवद्ध भै लाग्ने एसपी सुर्दशन प्रसाद कोइरालाले बताए ।

यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय  उपाध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, फोनिजका अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि रमेशचन्द्र अधिकारी, नेपाल प्रेस युनियन धनकुटका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, नेपाल पत्रकार महासंघ धनकुटका कार्यसमिति सदस्य नरेन्द्र कस्चित, बिकास घिमिरे,धनकुटा एफ एमका स्टेशन म्यानेजर चन्द्र राउत लगायतले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्दै अगाडी बढेमात्र सफल हुने बताए । उनिहरुले एक्लो प्रसासबाट शान्ति सुरक्षा कायम गर्न एक्लो प्रयासबाट संभव नहुने बताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एसपी विजय राज पन्डिल, प्रहरी निरिक्षकद्वय  सुरज खड्का र भाष्कर राज खतिवडा लगायतको सहभागीता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ