arrow

च्याउ खाएर थप दुईको मृत्यु

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
musroom.jpg.jpeg

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका जङ्गलबाट  ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ ।  जङ्गली च्याउ पकाएर तरकारी खाएका निस्दी – ३ का ११ जना बिरामीमध्ये  नौ वर्षका निर्मलासिं ठकुरीको शनिबार तथा आज चारवर्षीय विष्णुसिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर चितवन सिफारिश गरिएको छ । नवलपरासीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेका नौ जनाको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

बिरामी ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ३६ वर्षीया चनकुमारी, १५ वर्षीया छोरी विमला, ८० वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानमायासिं ठकुरी, सात वर्षीय सुमनसिं, धनकुमारी सिं, निशासिं र  निरुतासिंको अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ