arrow

हावाहुरी पिडितको गुनासो - 'निर्वाचित सांसद र मन्त्रीहरुले विज्ञप्तिसम्म निकालेनन्, राहत र क्षतिपूर्ति के देलान ?'

जागरण अभियानका कार्यक्रम स्थगित गरि पीडितको घरमा कांग्रेस कार्यकर्ता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ २७ सोमबार
hawahuri-kanchanpur.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रमा हावाहुरीले जनताको भौतिक क्षेती पुर्याएको ५ दिन बितिसक्दा समेत क्षेत्रबाट बिजयी नेताहरुको कुनै प्रतिक्रिया नआइरहेको बेला कांग्रेस नेताहरु भने राहत उद्धार कार्यमा खटेका छन् ।

बिहिवार आएको हावाहुरीका कारण क्षति पुगेका जनताका घरको अवलोकन र राहत तथा उद्धारका लागि कांग्रेस नेता तथा पुर्व सांसद दिवानसिह बिष्ट बेल्डाँडी र लालझाडीमा पुगेका छन् ।

हावाहुरीबाट क्षेती बेहोरेका दक्षिणी भेगका स्थानीयको घरदैलोमा पुगेका कांग्रेस नेता तथा पुर्व सांसद बिष्टले भने " पिडितहरुको राहत र उद्धारका लागि कांग्रेसले आफ्ना सबै कार्यकर्ता र भातृ संगठनका कार्यकर्तालाई परिचालन गरिएको छ । " उनले भने " राष्ट्रिय जागरण अभियानका कार्यक्रमलाई स्थगित गर्दै हामी पीडित जनताको चोटमा मलहम लगाउन पिडितका घरदैलोमा पुगेका छौं ।"

हावाहुरी पीडितहरुको बस्तीमा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद दिवानसिंह बिष्ट , पुर्व क्षेत्रीय सभापति हरेन्द्र बिष्ट , क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय लगायतको कांग्रेस नेताहरुको टोली अबस्था बुझ्न र राहत जुटाउन खटेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा हावाहुरीले जनताको घरबास उडाउदा समेत निर्वाचित सांसद र मन्त्रीहरुको विज्ञप्तिसम्म नदिएकाहरुले अरु राहत र क्षतिपूर्ति के देलान ।

हावाहुरीले घरबास उडाएका जनता प्रति अझ बढी संबेदनसिल निर्वाचित सांसद र मन्त्री हुनु पर्ने भए पनि मोज मस्तीमै उनिहरु रुमलिएको बेल्डाँडीका पिडित चेतराम मालीले बताए ।

जिल्लाको दक्षिणी क्षेत्रको बेल्डाँडी , बेलौरी , लालझाडी र पुनर्वास लगायतका हावाहुरी पीडित जनताको बस्तीमा घटनाको ५ दिन पुग्दा समेत निर्वाचित सांसद र मन्त्री पुग्न नसक्दा पीडितहरुमा निरासा बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ