arrow

बाजुराको सादाले खोलामा जीप दुर्घटना

logo
रामबहादुर विक,
प्रकाशित २०७६ जेठ ३० बिहिबार
photo_(1)1.jpg

बाजुरा ।  बाजुराको तल्लो क्षेत्रमा रहेको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारामा जार्दै गरेको जीप सादाले खोलामा दुर्घटना भएको छ ।

बिहिबार दिउँसो करिब ३:४५ बजेको समयमा ५५२ नम्बरको जीप उक्त खोलामा अनियन्त्रित हुन नसकेर दुर्घटना भएको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले जानकारी दिए ।

घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का, गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुमा सवार चंखे नेपाली उनकी श्रीमति रजियाँ नेपाली छोरी सपना नेपाली,महेश्वरी नेपाली,छोरा आयुष नेपाली,सोही वडाकी झंकरी नेपाली रहेका छन् ।

यस्तै वडा नं.–८ का विजय मिजार,सुनिल नेपाली पनी रहेका छन् ।
 
घाईते मध्ये झंकरी नेपाली र रजियाँ नेपालीको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । गाडी करिव ५४ मिटर तल खसेको प्रहरीले बताएको छ । घाईतेको थप उपचारका लागि अहिले अछामको बयालपाटा अस्पताल पठाईएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ