मौसमले एकाएक रङ्ग फेर्यो, के होला ? 

प्रकाशित मिति : २०७६ जेठ ३१ शुक्रबार

काठमाडौँ । मौसमले एकाएक रङ्ग फेरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको अवस्था सामान्य रहँदै जाँदा लगातार रङ्ग फेरेकाले प्रकाशसमेत कम भएको छ । 

आकाशमा कालो बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमात्र हैन देशका अधिकांश स्थानमा शुक्रबार मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

त्यसैगरी पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

शनिबार र आइतबार पनि अवस्था यस्तै रहने महाशाखाले जनाएको छ । 

बिहीबार काठमाडौं उपत्यकामा अत्यन्त गर्मी थियो । अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस थियो भने न्यूनतम तापक्रम १८.७ डिग्री रहेको थियो । 

त्यस्तै दिपालयमा ४१.६, धनगढीमा ४०.३, नेपालगञ्जमा ३९.३, भैरहवा ३८.८ र विराटनगरमा ३७.८ डिग्री सेल्सियस रहेको थियो । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ