arrow

चालक निवासमा 'प्रचण्ड', यसरी खिचाए तस्विर

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
prachanda-dricer.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चालक निवासमा पुगेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड चालक दिपक रेग्मीको निवासमा पुगेका हुन् ।

प्रचण्डले  चितवन रहँदा चढ्ने भरतपुर महानगरपालिकाको गाडीका चालक दिपक रेग्मीको निवासमा शुक्रबार पुगेर परिवारसँग सामूहिक तस्वीर खिचाए। उनका साथमा भरतपुर महानगरकी प्रमुख तथा छोरी रेनु दाहाल पुगेकी थिइन् ।

प्रचण्ड  पूर्व शिक्षामन्त्री धनीराम पौडेलको अन्त्योष्टिमा भरतपुर पुगेका हुन् । ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । माडीको बघौडा अस्पताल अगाडि शुक्रबार उनको शरीरमा दाहालसहितका नेताले झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।  

दोस्रो संविधानसभामा पौडेल निर्वाचित भएका थिए । सोही समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पौडेलले शिक्षा मन्त्रालयका जिम्मा पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ