arrow

लिची खानु अघि १० पटक सोचौं, मस्तिष्क रोगसँग सीधै सम्बन्ध

logo
एजेन्सी,
प्रकाशित २०७६ जेठ ३२ शनिबार
litchi-deaths.jpg

काठमाडौं। यतिबेला लिचीको मौसम छ। काठमाडौंका बजारमा साइकल ब्यापारीले किलोको दुईसय रुपैयाँ सम्म बिक्री गर्दै आएका छन्। खान मीठो छ। बिक्री राम्रो छ। तर लिची खानुअघि होस पुर्‍याउनै पर्ने अबस्था देखिको उत्तरी भारतको घटनाले झस्काएको छ। 

गएको तीन सातामा उत्तरी भारतमा मस्तिष्कसँग सम्बन्धित रोगका कारण करीब ६० बालबालिकाको मृत्युभएको छ। मस्तिष्क सम्बन्धी यो रोग लिचिमा पाइने विषाक्त पदार्थसँग जोडिएको छ। बिहार राज्यका स्वास्थय अधिकारीहरुका अनुसार गएको ३ हप्ताभित्रमा एक्यूट इन्सेप्लाइटिस सिण्ड्रोमका कारण ४७ बालबालिकाको ज्यान गएको छ। यो रोगले मस्तिष्क सूजन गराउँछ। र सुनिन्छ। 

गत जनवरी यता नै भारतको मुजफ्फरपुरका २ वटा अस्पतालमा यस्तो रोग लागेका एक सय ७८ जना भर्ना भएका थिए। तर मृत्यु भने गएको केहीहप्तामा मात्रै भएको हो। उत्तर प्रदेश राज्यमा २०१३ मा नै ३ सय ५१ जनाको इन्सेफ्लाइटिसका कारण मृत्युभएको थियो।

यो वर्ष यो रोगका कारण मृत्यु हुने दर बढेको देखिएको, स्वास्थ्य अधिकारी संजय कुमारको भनाइ छ। उत्तरप्रदेश राज्य स्वास्थ्य विभागले, ब्लड सुगर कम गराउने हाइपोग्लिसेमियका कारण बालबालिकको मृत्युभएको बताएका छन्। तर यो क्षेत्रमा व्यापक मात्रामा उत्पादन हुने लिचीले समेत यस्तो रोग निम्त्याउन भूमिका खेलेको उनीहरुको भनाइ छ।

अन्तर्राष्ट्रिय विज्ञहरुलेका अनुसार, लिचीमा एकखालको विषाक्त पदार्थ हुन्छ, जुन बालबालिकाको कलेजोमा जम्मा भएर बस्ने गर्छ। तापक्रम बढ्दै गएर गर्मी बढ्न थालेसँगै, कलेजोमा जमेको सो विषाक्त पदार्थ फैलिने जानकारी दिएको, कुमारले बताए। मुजफ्फरपुर अत्यधिक लिची फल्ने क्षेत्र हो। त्यसैकारण बढी लिची खाने बालिकालाई हाइपोग्लिसेमियको समस्यामा सम्बन्ध हुनसक्ने उनको भनाइ छ।

तर अर्को कुरा पनि, तापक्रम घटेपछि र पानी परेपछि, लिची खाए पनि वा नखाएपनि, यस्तो समस्या नदेखिने गरेको उनले बताए। 

सन् २०१७ मा सार्वजनिक भएको २०१४ को एन्सेफालोप्याथिको महामारी सम्बन्धमा गरिएको अध्ययनले पनि, मस्तिष्क सम्बन्धी यस्तो समस्या आउनुका कारणमध्ये लिची पनि एउटा कारण भएको देखाएको थियो। एन्सेफालोप्याथि अर्थात् दिमागी रोग इन्सेफ्लाइटिसले पनि निम्याउने विज्ञहरुको भनाइ छ। 

प्रभावित क्षत्रेका अभिभावकले आफ्ना बालबच्चाले थुप्रै समय लिची खानमा बिताउने गरेको र खानामा रुची नदेखाएको बताएका थिए। बिरामी परेका बालबालिकाले, दुई गुनासम्म खाना खाने बानी छाडेको अध्ययनले देखाएको छ।

बालबाबलिकाको ब्लड सुगरको स्तर खस्किन थालेपछि, त्यसले फ्याट्टी एसिड निकाल्ने र ग्लूकोजको मात्रामा गढबढी देखाएको छ। काँचो लिची खाने बालबालिकमा यस्तो असर अझै बढेको देखिएको छ। प्रभावित बालबालिका निर्धन परिवारका रहेको पनि कुमारले बताएका छन्।

कलेजोले, ग्लाइकोजन भण्डारण गर्छ। तर जब शरीमा चिनीको मात्रा कम हुन थाल्छ, त्यसपछि सन्तुलनका लागि कलेजोले थप चिनी निस्कासन गर्नुपर्ने हुन्छ। तर कलेजोमै चिनी कम हुनथालेपछि, विषाक्त पदार्थमात्र बाँकी रहन्छ र त्यसले सीधै असर पार्ने उनले बताए।

राज्यसरकारले आफ्ना बालबालिकालाई पानी प्रशस्त खुवाउन र खाली पेटमा सुत्न नदिन समेत आव्हान गरेको छ। भनिन्छ खालि पेटमा लिची खानु, विष खाए समान हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ