arrow

चोभारको डाँडामा एक सय ५ टन ढुंगाबाट निर्मित बिशाल मञ्जुश्री मुर्तिको समुदघाटन, ३ करोड लागत

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
manjushree-statue.jpg

काठमाडौं। चोभारको डाँडामा निर्मित ३३ फिट अग्लो मञ्जुश्रीको मुर्तिको समुदघाटन शनिबार बिशेष तामझामका साथ हुदैछ। मूर्तिकार चन्द्रश्याम डंगोल लगायतका १० जना कलाकारको ७ बर्षको अथक प्रयासपछि निर्माण भएको मञ्जुश्रीको मूर्तिको आज बुद्धका अनुयायी युसुन मासोनागाले गर्ने निर्माण समितिका संयोजक सुजेन्द्र महर्जनले बताए। 

मुर्ति निर्माणमा मात्र ३ करोड खर्च लागेको चोभारको जलबिनायक सामुदायीक वनका कोषध्यक्ष समेत रहेका महर्जनले जानकारी दिए। स्थानीय जलविनायक सामुदायिक वनको रेखदेखमा रहेको मञ्जुश्री पार्कको भूमिमा रहेको यो मूर्ति  वरिपरिको सजावट र कम्पाउण्डसहित अन्तिमसम्मको खर्च झण्डै १३ करोड लाग्ने बताए। अझै थप १० करोड आबश्यक रहेको छ।

२०६६ सालमा यो मुर्ति निर्माणको लागि योजना सुरु भई २०६८ साल माघ महिनाबाट मुर्ति निर्माण कार्य सुरु गरिएको हो। चोभारको जलबिनायक सामुदायीक वनको करीब ४० रोपनी जग्गाको क्षेत्रफलमा ३३ फिट अग्लो मञ्जुश्रीको मुर्ति निर्माण गरिएको हो। तेह्रवटा ढुंगाको टुक्राबाट यस्तो विशाल मूर्ति बनाउन सफल भएको हो।

फर्पिङबाट ल्याउन खोजिएको ढुंगा अन्तिम समयमा कानूनी अड्चनका कारण रोकिएपछि दक्षिणकालीको खार्पाबाट साना ढुंगाका १३ टुक्राबाटै विशाल मञ्जुश्रीको निर्माण सम्पन्न भएको संयोजक महर्जनले सुनाए।

मञ्जुश्रीको मुहार महिलाको जस्तै कोमल र सुन्दर देखिन्थ्यो। त्यसैले पनि केही अध्यताहरू मञ्जुश्री महिला पात्र थिए भनेर दाबी गरिरहन्थे। तर इतिहासको पानामा भने नेपाल भ्रमणमा आएका मञ्जुश्रीसँग अन्य दुईजना महिला पात्र रहेको भन्ने उल्लेख रहेको भेटिएपछि भने डंगोललाई मञ्जुश्रीको शारीरिक ढाँचा निर्माण गर्न सहज भएको थियो।

मञ्जुश्रीसँग बरदा र मोक्षदा नामका दुई महिला आएका थिए। मञ्जुश्रीको अग्लो मूर्ति बनाउन एउटै ठूलो ढुंगाको खोजी गर्न भने डंगोल सफल भएनन्। डंगोलले मूर्तिमा प्रयोग गरिएको गहना र कपडामा नेपाली चिनिया शैलीको झल्को दिएका छन्। तेह्रवटा टुक्रामा बाँडिएको मञ्जुश्रीलाई चोभारमा बोन टाइटबाट जोडेर एउटै बनाएर उभ्याएपछि यसको विशालता देखेर कलाकार डंगोल आफै छक्क परेका छन्। भूकम्प प्रतिरोधी यो मूर्ति अनुमानित १०५ टनको ढुंगाबाट  निर्माण भएको छ। 

मूर्तिमा मानव अंगको रङ र कपडा गहनाको रङ छुट्याउने गरी कलाकारले आफनो मेहनत प्रस्तुत गरेका छन्। झण्डै सात सय वर्ष अघि बुढानीलकण्ठमा भगवान् विष्णुको शेषनाग माथि बनेको विशाल मूर्ति बनेको इतिहास नेपालमै छ। त्यसपछि बनेको सबैभन्दा ठूलो ढुंगाको मूर्ति मञ्जुश्रीकै रहेको दाबी डंगोलले गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ