arrow

'मेलम्ची सपनाले उपत्यकावासीलाई ‘बहुला’ बनायो, सपना देखाउने १३ प्रधानमन्त्री कता हराए ?'

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
drinking-water-cricis.jpg

काठमाडौं। सरकारले बितरण गरेको खानेपानी घरघरमा कहिले आउने भन्दै उपत्यकाबासीले दबाब समूहनै गठन गरी बृहत प्रर्दशन गरेका छन्। काठमाडौं र ललितपुरको संगम क्षेत्र थापाथलीमा भेला भएर ‘उपत्यकाका खानेपानी पिडित समुह’ ले प्रर्दशन गरेको हो।

सरकारले, ८८ प्रतिशत नागरिकामा खानेपानीको पहुँच पुगेको दाबी गरेको छ। तर उपत्यका बासीले घरको धारामा एक थोपा पानी नझरेको बर्षौं बितेको भन्दै आक्रोश पोखेका छन। सरकारले खानेपानीको पहुँच सबैमा पुर्‍याउने लक्ष्य पुरा हुँदै गरेको हावादारी जिकिर गरेपनि, शहरी क्षेत्रमा केयुकेएलले बितरण गरेको धारामा पानी नआएको २ दशक नाघिसेको, ऐतिहासीक ढुंगेधारा संरक्षण समितिका अध्यक्ष तथा खानेपानी पिडित दबाब सुमहका अभियन्ता शुसिल श्रेष्ठले बताए।

मेलम्ची आयोजनाको काम करीब ३ प्रतिशत मात्र बाँकी भएपनि, ६ महिनादेखि यसको काम रोकिनुमा सरकारको षडयन्त्र रहेको आरोप समेत उनले लगाए। बर्षौंदेखी धारामा पानी नआएपनि, ठुलाबडा भनेर चिनिने केयुकेएलका पदाधिकारी र मन्त्री क्वाटरमा भने २४ सै घण्टा पानी बितरण भएको उनको नभाइ छ। पानीमा समेत राजनीतिकरण भएपछि, दबाबमुलक कार्यक्रम गर्न बाध्य भएको उनले सुनाए। 

संघर्ष समितिका सदस्य दलबहादुर देउलाले भने, अहिले खानेपानी संस्थानका कर्मचारीले पानी बितरणमा गम्भिर षडयन्त्र र लापरबाहि गरिरहेको दाबी सहित अबका दिनमा पर्दाफास गर्दै जाने चतावनी दिए। सरकारले धारामा बितरण गर्दै आएको पानी नियमित उपभोग गर्न नपाएको दशक बितेपनि, औंशीपूर्णे जस्तो पारेर दुईचार जग पानी झर्ने गरेको अर्का खानेपानी पिडित राजाराम तण्डुकारले गुनासो पोखे।

मेलम्चीको २ दशकको कथामा १३ प्रधानमन्त्री फेरिए 
२०५५ सालमा मेलम्ची खानेपानी समिति गठन भएको थियो। मेलम्ची खानेपानी आयोजना पूरा गर्न २० बर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक देश हाँके। सबैले मेलम्ची आफ्नै कार्यकालमा आउने दाबी गरे। तर मेलम्चीको पानी काठमाडौंबासीका लागि सपना बनेको छ।

यो बीचमा  उद्घोष गर्ने कृष्णप्रसाद भट्टराईदेखि, गिरिजाप्रसाद कोइराला हुँदै केपीओलीसम्म प्रधानमन्त्री बने। सबैले मेलम्चीको पानी काठमाडौ आउने ठोकुवा गरे। तर राजधानीबासी खानेपानीका लागि काकाकुल अबस्थाबाट गुज्रिरहेको लामो समय बितिसकेको छ। मेलम्चीको याङ्ग्री र लार्केबाट पानी झार्ने भनेको २५ बर्ष बितेको छ। उपत्यकामा पानीको हाहाकार भएपनि यसको समाधान सरकारले गर्न नसकेको प्रर्दशनकारीहरुले आरोप लगाएका छन्।

काठमाडौ उपत्यकाबासीलाई २०७३ साल बैशाख १ गते घरघरको धारामा मेलम्चीको पानी आउने भनिएको थियो। मेलम्चीको ठेक्का लिएको इटालियन कम्पनीले काम छाडेको ६ महिना बितेपनि अहिलेसम्म काम अगाडी बढ्न सकेको छैन।

काठमाडौ उपत्यका खानेपानी लिमिटेडका अनुसार, उपत्यकामा ग्राहक संख्या २ लाख २१ हजार छ। सरकारले उपत्यकामा दैनिक १० करोड लिटर पानी बितरण गर्दै आएको बताएको छ। ग्राहक संख्याको आधारमा प्रत्येक घरमा २० गाग्री पानी पुग्नुपर्छ। तर पुगेको छैन। सातामा एक दिन पानी पनि नपुग्नुमा, पानीमा खेल भएको दाबी, खानेपानीका सुक्ष्म अनुगमनकर्ता तथा दबाब समुहका सदस्य  प्रकाश अमात्यको छ। 

ललितपूर थसिखेलका श्याम महर्जन २०७५ को घटस्थापनकै दिनदेखि ‘मेलम्चीको पानी घरको धारामा खस्ने कहिल’भन्दै वडा अध्यक्षहरुलाई खुल्ला पत्र दिँदै हिँडेका छन्। एक त पानीको समस्या छ। अर्कोतिर यो अभियानमा लागेको भन्दै उनी परिवारबाट समेत तिरस्कृत हुनुपरेको दुखेसो  उनले सुनाए। खानेपानी नआएकोमा उनी ठाउँठाउँमा ब्यानर सहित आवाज उठाउँदै हिँड्ने गरेका छन्। उनी भन्छन्, ‘म कुनै मानसिक रोगी थिइन, तर मेलम्चीले बहुला बनायो।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ