काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्धमा सम्पदाप्रेमीहरुले सिठ्ठी जुलुस निकालेका छन् । लामो समयदेखि चरणबद्ध आन्दोलन गर्दै आएका काठमाडौंका सम्पदाप्रेमीहरुले शनिबार सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
शनिबार विहान ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरेका उनीहरुले शनिबार साँझ सिठ्ठी जुलुस निकालेका हुन् ।
उनीहरुले साँझ ६ बजे यंगालमा जम्मा भएर घण्टी बजाउँदै उपाकु मार्ग परिक्रमा गरेका थिए । ज्यापू महागुठी अन्तर्गतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्नेगरी गुठी विधेयक ल्याईएको भन्दै विरोध गर्दै आएका छन् ।