arrow

नेकपाकै सांसदले सञ्चारमन्त्रीले राजीनामा नगरे सरकार ढाल्ने चेतावनी दिएपछि...

logo
प्रकाशित २०७६ असार १ आइतबार
rambir_manandhar.jpg

काठमाडौं । जे मनमा आउँछ त्यही भाषा प्रयोग गर्दै नेपाली जनताको अपमान गर्दै हिँड्ने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदले राजीनामा मागेका छन् । 

नेकपाका सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई ‘सामन्तवाद’ भनेको भन्दै संचारमन्त्री बाँस्कोटाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्। 

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बाँस्कोटाले आगोमा ध्यु थप्ने काम गरेको भन्दै राजीनामा माग गरेका हुन् । 

सांसद मानन्धरले मन्त्री बाँस्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै अपमान गर्ने विभागीय मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता बाँस्कोटाको दिनगन्ती सुरु भएको चेतावनी दिए ।

‘गणतन्त्रको पनि दिनगन्ती पनि सुरु हुन्छ कि भन्ने हाम्लाई चिन्ता लागिरहेको छ’ भन्दै मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिए। 

उनले २ सय ४० वर्षे  राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ