arrow

ओली सरकार महासामन्तवादतर्फ अगाडि बढ्यो – डा लोहनी

गुठी विधेयक फिर्ता नलिए सबै जनता सडकमा ओर्लने छन् 

logo
प्रकाशित २०७६ असार १ आइतबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गुठीले नेपालको सम्पदालाई कसरी संरक्षण गरेको छ भन्ने नबुझेरै यो विधेयक ल्याइएको बताएका छन् । 

उनले यो गुठीले गर्दा नै नेपाली सभ्यताको संरक्षण भइरहेको दावी गर्दै भू–माफियाको चंगुलमा परेर सरकारले यो विधेयक ल्याएको दावी गरेका छन् । 

गुठीको संरचना र मौलिकता नबुझेर सरकारले प्रयास गरेको भन्दै अहिले भएका आन्दोलन स्वभाविकै भएको डा लोहनीले बताए । 

मठमठाधीश र अध्ययन टोलीको प्रतिवेदनसमेत नबुझीकन गुठी विधेयक ल्याइन खोज्नुले सरकारको नियत स्पष्ट भएको समेत उनले जनाए ।

विधेयक सरकारले फिर्ता दिनुपर्नेमा उनको जोड छ । गुठीलाई ‘सामन्तवादको अवशेष’ भनेर सरकारकै मन्त्रीले भन्नु नालायकको संज्ञासमेत डा लोहनीले दिएका छन् । 

केही दिनअघि संचारमन्त्री गोकुल बाँस्कोटाले गुठीलाई ‘सामन्तवादको अवशेष’ भन्दै यो अवशेषलाई फाल्ने बताएका थिए । 

डा लोहनीले यो सबै समस्या भ्रष्टाचारले गर्दा भएको भन्दै सामन्तवाद भन्दा पनि हरेक क्षेत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार महासामन्तवादतर्फ अगाडि बढेको बताएका छन् । 

उनले गुठी विधेयक फिर्ता नलिए सबै जनता सडकमा ओर्लिने समेत दावी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ