arrow

सातै प्रदेशको बजेट आज, प्रदेश ५ मा मुख्यमन्त्रीले गर्दैछन् बजेट भाषण

logo
प्रकाशित २०७६ असार १ आइतबार

काठमाडौं । विभिन्न प्रदेशहरुले आगामी आर्थिक वर्षको वार्षिक आय व्यय समेटिएको बजेट प्रदेश सभामा पेश गर्दैछन् । आफ्नो आन्तरिक स्रोत, केन्द्रले दिने अनुदान र राजश्व बाँडफाँट मार्फत् प्रदेशको भागमा पर्ने रकम सहितलाई समेटेर ७ वटै प्रदेशले आइतबार बजेट प्रदेश सभामा बजेट पेश गर्न लागेका हुन् । 

विभिन्न प्रदेशका आर्थिक मामला तथा योजना मन्त्रालयका मन्त्रीहरुले आइतबार प्रदेश सभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यद्यपि प्रदेश नं ५ मा भने मुख्यमन्त्री शंकर पोखरेलले नै बजेट भाषण गर्दैछन् । त्यहाँको आर्थिक मामला तथा योजना मन्त्रालय पोखरेल आफैंले लिएकोले उनी आफैंले बजेट पेश गर्ने तयारी गरेका हुन् । प्रदेश नं ५ का प्रदेश सभाका सचिवालयका प्रवक्ता श्याम प्रसाद श्रेष्ठले अपराह्न ३ बजे बस्ने बैंठकमा बजेट पेश हुने बताए ।  

सात वटै प्रदेशको आर्थिक मामला मन्त्रालयसँगको सम्पर्क पछि हाम्राकुराले तयार पारेको विवरण अनुसार कर्णाली प्रदेश आन्तरिक स्रोतमा सबैभन्दा कमजोर देखिएको छ भने प्रदेश नं ३ यो मामलामा सबैभन्दा अघि देखिएको छ । कर्णाली प्रदेशले जम्मा २५ करोड रुपैयाँ मात्रै आफ्नो आन्तरिक आय शीर्षकमा उठ्ने बताउँदै आएको छ । त्यसपछिको कमजोर मानिएको सुदूरपश्चिम प्रदेशले जम्मा ८४ करोड रुपैयाँ मात्रै आन्तरिक आय प्राप्त गर्ने बताइएको छ । सबैभन्दा धेरै कमाउने आकलन प्रदेश नं ३ ले गरेको छ । उसको आन्तरिक आय ११ अर्ब रुपैयाँ हाराहारीमा पुग्ने अनुमान छ ।  

अर्को तर्फ मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कको १५/१५ प्रतिशत प्रदेश र स्थानीय तहलाई दिईनेमा प्रदेशको तर्फ आउने रकमलाई हरेक प्रदेशले पाउने राजश्व पनि प्रदेशको बजेटको स्रोत हो । जस अन्तर्गत् सबैभन्दा धेरै प्रदेश नं २ ले १० अर्ब ४३ करोड रुपैयाँ पाउने बताएको छ । प्रदेश नं २ का आर्थिक मामला मन्त्रालयका प्रवक्ता अर्जुन न्यौपानेले सो जानकारी दिए । मन्त्रालयका बजेट शाखाका अर्का एक अधिकृतका अनुसार आगामी आर्थिक वर्षको बजेटका लागि ३ अर्ब ९० करोडको आन्तरिक स्रोतबाट बजेट प्राप्त हुने आकलन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ