arrow

'ओली सरकारले सुतिरहेको सिंहको जुंगा तान्यो, अब २५० वर्षदेखिको हिसाव किताव हुन्छ'

logo
प्रकाशित २०७६ असार १ आइतबार
rajendra-shrestha.jpg


ललितपुर। समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुठी विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र भएको बताएका छन् ।

श्रेष्ठले गुठी विधेयक चीनको साँस्कृतिक क्रान्तिको नेपाली संस्करण भएको बताउँदै उनले भने, ‘ओली सरकारले सुतिरहेको सिंहको जुंगा तानेर नेवार समुदायलाई जिस्क्याएको छ । अब जनताले २५० वर्षदेखिको हिसाव किताव गर्ने छ ।’

उनले पौराणिक कथाहरूमा भष्मासुरलाई वरदान दिंदा महादेवलाई नै आपत्ति परेको उदाहरण दिैदै भने, ‘नेपाः भ्यालीका जनताले ऐतिहासिक पृष्ठभूमिको आधारमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताका विरोधी कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्याए, अहिले त्यो भष्मासूर सावित भएको छ । तिनीहरूले नेवाःको मात्र नभई नेपालकै सभ्यता, संस्कृति र सम्पदालाई समाप्त गर्न अग्रसर भएको छ ।

श्रेष्ठले भने, ‘गुठी प्रथा मानवता, सहकारी र परोपकारी भावनाले हाम्रा पुर्खाहरूले सृजना गरेको प्रगतिशील र मौलिक प्रथा हो । यो सामुदायिक सम्पति भएकाले कम्युनको भ्रुण हो । गुठि सञ्चालनको जिम्मा गुठीयारहरूलाई नै दिनु पर्छ । गुठीलाई सामन्ती प्रथा देख्नेहरू कम्युनिष्ट नभई फासिष्ट हुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ