arrow

लुटेराले कुटपिट गरी घाइते बनाएकाहरुको हेलिकप्टरबाट उद्धार

logo
प्रकाशित २०७६ असार १ आइतबार
helicoptor2.jpg

रुकुमपूर्व । रुकुमपूर्वमा लुटेराले कुटपिट गरी घाइते बनाएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका लुटेराको कुटपिटबाट घाइते भएका आमा–छोरी ३८ वर्षीया जुनकुमारी पुन र १४ वर्षीया रश्मी पुनलाई आज हेलिकप्टरमा उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।

लुटेराले आमा–छोरीको कानमा लगाएको सुन, घाटीको लकेट, मोबाइल र रु एक लाख पाँच हजार लुटेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । उनीहरु यार्सागुम्बा टिपेर मैकोटबाट घरतर्फ जाँदै थिए ।

 शनिबार साँझ लुटेराको प्रहारबाट घाइते भएका दुबैलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी रन्मामैकोटमा भर्ना गरिएको थियो । पूर्वमन्त्री गणेशमान पुन र सांसद कमला रोकाको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत दुबैको उद्धार गरिएको हो ।

यार्सागुम्बा टिप्ने क्रममा घाइते भएका १४ वर्षीय एक किशोरको समेत आजै हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रोल्पा थवाङ घर भई यार्सा टिप्न पुथा उत्तरगङ्गा गाउँपालिका–पूर्वाङ गएका चिन्तन विकको उद्धार गरिएको हो । उनको लडेर खुट्टा भाँचिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ