arrow

उत्ताउलो मौसम, यस्तो छ सम्भावना 

logo
प्रकाशित २०७६ असार २ सोमबार
weather1.jpg

काठमाडौं । यसपटकको मौसम बढी नै उत्ताउलो बन्दै गएको छ । गर्मीको पारो अधिकभन्दा अधिक बढिरहेको छ । वर्षाको सम्भावना पनि उत्तिकै छ । अनि छिनछिनमा आउने हावाहुरीले झस्काइरहेको छ । 

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

यो क्रम मंगलबार र बुधबार पनि रहने जनाइएको छ । 

यस्तो छ पारो –
भैरहवामा ४१.७, दिपायलमा ४१.४, नेपालगंजमा ४०.७, धनगढीमा ४०.१, जनकपुरमा ३८.२, सिमरामा ३८ डिग्री रहेको छ । 

काठमाडौंमा आइतबार ३२.५ डिग्री रहँदा न्यूनतम तापक्रम १९.४ डिग्री रहेको थियो । न्यूनतम पारोसमेत बढेकाले पनि मौसमले निकै कठिन बनाइरहेको छ । 

तराई भेगमा धेरैजसो विद्यालयहरु बन्द गरिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ