arrow

जन्म–मृत्युसंग जोडिएको गुठी विधेयक संसदमा पेश गर्नै दिदैनौं – पुष्पा भुषाल

logo
प्रकाशित २०७६ असार २ सोमबार
puspa-bhusal.jpg

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले कुनै पनि हालतमा सरकारले ल्याउन खाजेको गुठी सम्बन्धी विधेयक पेश गर्न नदिने दावी गरेकी छिन् । 

सरकारले गलत नियतले गुठी सम्बन्धी विधेयक ल्याउन खोजेको भन्दै उनले प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले यसलाई रोक्ने बताइन् । 

उनले भनिन्, ‘गलत नियतले आएको छ खारेज गर्नुपर्छ । गुठियारलाई हटाउन खोजिएको छ । परम्परा, संस्कृतिमाथि हस्तक्षेप र गुठीको सम्पत्तिमाथि आँखा लगाइएको छ ।’ 

उनले सरकारले संसदमाथि हस्तक्षेप गर्न नपाइने पनि तर्क गरेकी छिन् । भन्छिन्, ‘सरकार बहुमतले चलाउने हो । संसद बहुमतले चल्दैन । संसदमा प्रतिपक्षीको पनि भूमिका हुन्छ । हामी प्रतिपक्षीको भूमिकामा सशक्त देखिन्छौं । गलत नियतले आउने कुनै पनि चिजलाई अब अगाडि बढ्न दिन्नौं ।’

उनले गुठी जनताको भावना, संस्कृति र आस्थासंग जोडिएको भन्दै मानिसको जन्मदेखि मृत्युसंग जोडिएर आउने प्रक्रियालाई सरकारले रोक्न खोज्छ भने त्यसको प्रतिकार गर्नुको विकल्प नभएको बताइन् ।  
 
उनले स्पष्ट पार्दै भनिन्, ‘सरकारले यसलाई परिमार्जन गर्ने गरी ल्याएको हैन । गलत नियतले ल्याएपछि त्यसलाई रोक्नुको अर्को विकल्प हामीसंग छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार युरोप भ्रमणबाट फर्केपछि विधेयक सच्याउन सकिने बताएका थिए । 

तर उनले आन्दोलनकारी, विपक्षीहरुलाई फाइदा पुग्ने गरी निर्णय नगर्ने भन्ने शब्दको प्रयोग गरेर फेरि पनि सरकारको दम्भ संसदबाट निकाल्न खोजेको स्पष्ट पारेका छन् । 

सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले त गुठीलाई सामन्तवादको अवशेष भन्न भ्याएका थिए । 

सरकारले ल्याएको गुठी विधेयकको विरोध सडकदेखि संसदसम्म भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ