arrow

ओली सरकार तानाशाही बन्न खोज्यो, कांग्रेस सशक्त रुपमा प्रस्तुत हुन्छ

logo
प्रकाशित २०७६ असार २ सोमबार
sasanka.jpeg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।

प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने,‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली कांग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।

ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताए ।

कोइरालाले बैदिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरे । कांग्रेसको आउदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली कांग्रेसले नै देशलाई सही मार्गमा लाने बताए ।

नेपाल संस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए । अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए । कोइरालाले पुस्तकले सनातन धर्मको महत्व प्रकाश पारेको बताए । कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए । धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको बताए ।

आफु भारतमा रहेर पनि देश प्रतिको चिन्ता एवं देश भक्ति र हिन्दु धर्मको प्रभुत्वको कारण यो पुस्तक प्रकाशन गरेको जानकारी गराए । अहिलेको समय युुवाको हातमा रहको बताउँदै युवाबाट थुप्रै आशा रहेको बताए । उनले भने,‘अहिलेका  नेताहरुमा सदबुद्धि र धर्म प्रतिको आस्था पलाउँदै जाओस् ।’ धर्म रहे सबै नेपालीको अस्तित्व रहनेमा सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ