arrow

बझाङ जीप दुर्घटनामा ९ को मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ असार २ सोमबार
bhajhang-news.jpg

 बझाङ । बझाङमा जीप दुर्घटना परि मृत्यु हुनेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालीका वडा नम्बर १ का कलक बहादुर खड्का, उनका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्धाल रहेको प्रहरीले वडा प्रहरी कार्यालय चैनपुरका सहि माहानन्द जोशिले बताए  ।  

घटना स्थलमा खटीएका नेकपाका जिल्ला सदस्य रामचन्द्र रोकायाका अनुसार घाईतेहरुको उद्धारका लागी ९ एन एकेडी नम्बरको हेलीकोप्टर बाट नेपालगंज लैजाने काम भएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ