arrow

युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेनाको माग

logo
प्रकाशित २०७६ असार २ सोमबार
badal_new.JPG

काठमाडौं ।  तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेना सङ्घको केन्द्रीय समितिले माग गरेको छ । सङ्घले यसै क्षेत्रका गृहमन्त्री रामबहादुर थापा र कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर तत्काल काम अघि बढाउन आग्रह गरेको हो ।

नगरप्रमुख श्रेष्ठले आउँदो असार १० गते हुने नगर परिषद्बाट विस्तृत परियोजना अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गर्न लागिएको जानकारी दिए। श्रेष्ठलाई यसअघि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सङ्ग्रहालयका लागि काम अघि बढाउन आग्रह गरिसकेका छन् ।

सशस्त्र द्वन्द्वको समयमा रहेका डिभिजनमध्ये तेस्रो डिभिजनलाई निकै महत्वका साथ हेर्ने गरिएको थियो । सङ्घका अध्यक्ष देवीप्रसाद ढकालले विस्तृत अध्ययन प्रतिवेदन र सीमाङ्कनको काम स्थानीय तहबाट गराएपछि अरू काम गर्ने कुरामा गृहमन्त्री थापाले आश्वस्त गराएको जानकारी दिए। ढकालले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई पर्यटन विकासमा जोड्नसमेत युद्ध सङ्ग्रहालय उपयोगी बन्ने बताए ।

जिल्लामा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु हेर्न, थारू संस्कृतिमा रमाउन र डुङ्गा सयर गर्न पर्यटक आउने गरेका छन् । महत्वपूर्ण गन्तव्यको अभावमा पर्यटकको यहाँको बसाइ दुई रात मात्र हुने गरेको छ । युद्ध सङ्ग्रहालय बनेमा थप एक रात पर्यटक राख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ