arrow

ओलीलाई आफ्नै दलका जनप्रतिनिधिले पनि गुठी विधेयक फिर्ता लिन सुझाव दिएपछि...

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

उनले सोमबार काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गरेका हुन् । 
     
 प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

उनीहरुले गुठीका बारेमा भएको त्रुटीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । गुठीको महत्व बुझाइएको र यसलाई फिर्ता गर्नुपर्छ भन्ने सुझाव दिएको उनीहरुले बताए । 
     
 जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ