arrow

गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न दिदैनौं – डा शशांक कोइराला

कांग्रेस मन नभइ नभइ सडकमा जाने अवस्था आयो 

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गुठी विधेयक फिर्ता नभएसम्म पार्टीले संसद चल्न नदिने बताएका छन् । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद डा कोइरालाले गुठीको महत्व नै नबुझिकन विधेयक ल्याइएको भन्दै यसले जनताको भावना कुल्चेको आरोप लगाएका छन् । 

उनले भने, ‘गुठीलाई यथावत राखेर जानुपर्छ भन्नेमा काँग्रेस छ । विधेयक फिर्ता नभएसम्म संसद चल्न दिदैनौं ।’

उनले गुठीयारहरुको आन्दोलनमा काँग्रेस सहभागी हुने पनि बताए । उनले भने, ‘पार्टीले गुठीयारहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । आन्दोलनमा काँग्रेस पनि सहभागी हुन्छ ।’

अब सडकमा जान्छ काँग्रेस
डा कोइरालाले काँग्रेसले मन नभइ नभइ सडकमा जाने अवस्था आएको बताएका छन् । उनले सडकमा जाने गृहकार्य नभइसकेको भए पनि गुठीयारको आन्दोलनबाट सुरुआत हुने बताएका छन् । 

उनले बहुमतको सरकारले विकासका काम गर्ला र आफूहरुले प्रमुख प्रतिपक्षीको हैसियतले साथ दिनुपर्छ भन्ने भए पनि विकासकै काम नगरी चरम बेथिति गरेकाले वाध्य भएर सडकमा जानुपर्ने अवस्था आएको बताए । 

उनले भने, ‘हामी त सडकमा आउनु नै छ । अबको राजनीति सडकबाटै हुनुपर्छ । जनताले साथ दिन्छन् । उनीहरु पनि वाक्क भइसकेका छन् कम्युनिष्ट सरकारबाट ।’ 

सडकमा जानुपर्ने कारण खुलाउँदै भने, ‘सरकारले कुनै पनि राम्रो काम गर्न सकेन । हामीले जनतालाई सचेत पार्ने हो । उहाँहरुका यी अधिकार कुण्ठित हुँदैछन् भनेर सुनाउने हो । बुझाउने हो । उहाँहरुको साथ हामीले पाउँछौं ।’ 

उनले जनता सुसूचित भइसकेको दावी गर्दै जनताले नै यो सरकारको कामको हिसाब खोज्ने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ