arrow

गुठीले खोस्ला गोकुल बास्कोटाको मन्त्री पद ?

एकता खल्बलाउन संचारमन्त्री च्याम्पियन 

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
Gokul-Baskota.jpg

काठमाडौं । अहिले गुठी विधेयकले सत्ता हल्लाइरहेको छ । चिकित्सा शिक्षा विधेयकबाट सुरु भएको सरकारको रबैया सम्भवतः गुठी विधेयकमा आएर टुङ्गिने संकेत देखिएको छ । 

मानव अधिकार आयोगदेखि मिडिया काउन्सिल विधेयकसम्म जहाँजहाँसम्म सक्छ सरकारले आफ्नो अधिनायकवादी चरित्र प्रस्तुत गर्दै आइरहेको छ । 

गुठीलाई मानिसले जन्मकर्मदेखि मृत्यु कर्मसम्म आफ्नो चलनअनुसार प्रयोग गर्दै आइरहेको छ । यसले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार सबै बोकेको छ । 

काठमाडौं उपत्यकामा भएका गुठी र तराई–पहाड–हिमालमा भएका गुठीको विशेषता फरक हुन सक्छ । तर त्यसको उद्धेश्य एउटै हो –जीवन सहज बनाउने । परम्परा धान्ने । संस्कृति बचाउने । कर्म पूरा गर्ने ।

कुनै गुठीबाट शिक्षालय चलेको हुन्छ त कुनै गुठीबाट स्वास्थ्य । त्यसलाई चलाउने प्रक्रिया फरक हुन सक्छ । गुठीका नाममा राखिएका सम्पत्तिहरु नै त्यसको मुख्य आधार हुन् ।  

गुठीमा जग्गाजमीनदेखि नगद अनि परिश्रम भरिएको हुन्छ । त्यसमा सबैभन्दा ठूलो कुरा समुदायको एकता भरिएको हुन्छ । 

एकता खल्बलाउन संचारमन्त्री च्याम्पियन 
यही गुठीको एकता खल्बलाउन सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटा लागिपरेका छन् । 

सरकारले गुठी सम्बन्धित विधेयक संशोधन गर्न खोजेर नेपालबाट गुठी नै हटाउन खोजेको आरोपसहित विधेयक फिर्ता लिन माग गर्दै शान्तिपूर्ण जुलुस निकाल्ने  गुठीयारलाई अन्धाधुन्ध प्रहार गर्ने अनि पानीको फोहराले हुत्याएर नपुगेर प्रहरीलाई लात्तीले हान्न सिकाउने अनि संसदमा माफी माग्ने गृहमन्त्री रामबहादुर थापा बादलको चरित्र पनि गजबकै छ । 

नैतिक जिम्मेवारी लिएर बादल त पन्छिए तर सरकारका प्रवक्ता बाँस्कोटा पन्छिएनन् । उनले निरन्तर गुठीयारलाई आक्रमण गरिरहे । 

सत्तारुढ दल नेकपाका सत्ताको आनन्द लिइरहेका मन्त्रीहरु बाहेक धेरैजसो नेताहरु यो गुठी विधेयकको विरुद्धमा छन् । गुठीलाई सकाएर एकीकृतको नाममा प्राधिकरण गठन गर्ने योजनाले भएजतिका गुठीका जग्गा हडप्ने योजना सरकारको रहेको भन्दै नेकपाका सत्ता बाहिरका नेतासमेत विरोधमा छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सत्ता बाहिरका सबै दलसंगै सत्तारुढ समाजवादी पार्टी नेपालसहित गुठी विधेयकको विरुद्धमा छन् । 

तर यस्तोमा सरकारका प्रवक्ताले भनिदिए यो गुठी भनेको ‘अधिनायकवादको अवशेष’ हो ।

त्यतिमात्र होइन गुठीका नाममा रहेको जग्गा लिएर उनले खुलेआम आफ्ना कार्यकर्तालाई बाँड्ने योजना बताइसकेका छन् । 

नेकपाभित्र घर भएकाहरु पनि सुकुमवासी छन् । दुर्भाग्य करोडपति पनि सुकुम्वासी छन् । उनीहरुलाई सम्पत्तिले पुगेको छैन । अनि नेपालमा भएका हिन्दू, बौद्ध, सनातन धर्मावलम्बीका गुठी मासेर क्रिस्टियानिटी फैलाउन बाँस्कोटाहरु लागिपरेका छन् । 

होलीवाइन खाएर खुलेआम क्रिष्टियानीटीलाई सघाउने कसम खाएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबापत एक करोडको पुरस्कारमात्र पाएनन् मानार्थ विद्यावारिधि नै हासिल गरिसकेका छन् । 

कति प्रतिशतले हल्लाइरहेछ यो मुलुक ? 
भनिन्छ सबैभन्दा खतरनाक धार्मिक हिंसा हो । त्यही धर्ममाथिको राजनीति अहिलेको सरकारले गरिरहेको छ । 

विसं २०६८ सालको जनगणना अनुसार ८१.३४ प्रतिशत नेपाली हिन्दू छन् । तर न्यून संख्यामा भएका क्रिष्टियनका लागि अहिले निकै ठूलोृ चलखेल भइरहेको छ । 

विश्वमा ३३.५ प्रतिशत क्रिष्टियन छन् । १८.२ प्रतिशत मुस्लिम, १५.५ प्रतिशत हिन्दू, ७ प्रतिशत बौद्ध र ०.५ प्रतिशत शिख छन् । 

त्यही बढी प्रतिशत भएको धर्मले नेपालमा पटक पटक आक्रमण गरिरहेको छ । नेताहरु पनि त्यही धर्मले दिएको सहयोग रकम खाएर नेपाललाई अस्थिर बनाइरहेका छन् । 

जाला त बास्कोटाको जागिर ? 
मिडिया काउन्सिल विधेयकबारे आफू नेपाल पत्रकार महासंघका सदस्य भएर पनि उनले निकै नै तुच्छ भाषा प्रयोग गरे । नेपालका पत्रकारलाई उनले भन्न हुने नहुने सबै भाषा प्रयोग गरे । 

आफू संचारमन्त्री भएर पनि उनले नेपाली मिडिया कस्तो छ भनी गलत गलत अफवाह फैलाउने काम गरे । जुन धरातलमा टेकेर आज यो सिंढीमा पुगेका छन् उनले त्यो धरातल बिर्सिएका छन् । 

आफ्ना सहकर्मीहरुलाई बिर्सेका छन् । मिडिया र मिडियाकर्मीलाई उनले मान्छे गनिरहेका छैनन् । मिडिया उनका लागि सबैभन्दा घृणित चिज हो । र उनले जे भन्छन् त्यही मान्ने कठपुतली हो ।

उनकै राजनीतिक गुरुहरुले मिडियाको तागत देखिसकेका छन् । ०४६ सालदेखिका निरन्तर अभ्यास बुझिसकेका छन् । तर उनी स्वयं पत्रकार भएर पनि बुझ्न चाहेनन् वा अहम् बढी भयो । 

उनले मिडिया र गुठीयारलाई धेरै बोलेका छन् । मिडियाकर्मी आफै निर्णय गर्दैनन् । न त कुनै दलको पक्षपोषण गरेर सरकार हत्याउने खेलमा लाग्छन् । 

तर गुठी त शक्तिशाली छ । त्यसभित्र जुनसुकै दलका नेता, कार्यकर्ता छन् । समूह छ । शक्ति छ । समूदाय छ । जनमत छ । के यही गुठीको गन्धले खाला त माननीय संचारमन्त्री बाँस्कोटा ज्यूको जागिर ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ