arrow

अस्पतालमै झुण्डिइन् विमला, समतामा तोडफोड

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
samata1.jpg

काठमाडौं ।  बौद्धस्थित समता अस्पतालमा मंगलबार एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।
 
रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
    
मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

 महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार विगत दुई महीनादेखि यही अस्पतालमा काम गर्ने भन्ने बुझ्न आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उनले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ