arrow

शोकमा डुब्यो कोटदेबल गाउँ, एकै गाउँका सातको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ असार ३ मंगलबार
kodedewal-accident.jpg

 बझाङ । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना परि ११ जनाको मृत्यु भएपछि कोटदेवल गाउँ शोकमा डुबेको छ  । सोमबार सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको थियो ।

 दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएपछि कोटदेबल गाउँमा रुवाबासी चलेको छ । मृतक हुने खड्का जातका सबै कोटदेबल गाउँका रहेका छन् भने द्धाल जातका रनाडा गाउँका रहेको स्थानीय भुपेन्द्र खड्काले जानकारी दिए । उनले भने गाउँ भरि रुवाबासी छ, गाउँमा सबै शोकाम छन् । दैनिक उपभोग्य बस्तु किन्न सदरमुकाम आएका कोटदेवलका स्थानीयहरु मिलेर जिप रिर्जब गरि गएका थिए ।

दुर्घटनामा परि मष्टा गाउँपालिका वडा  १ का ४२ बर्षीया कलक बहादुर खड्का, उनका १७ बर्षीया  छोरा सुनिल खड्का पनि रहेका छन् । यस्तै उनकी श्रीमती बर्ष ३८ की जुनधारा खड्का, बर्ष २३ का हिक्मत खड्का , त्यतै सोही वडाकी बर्ष ४९ की धौली खड्का, बर्ष ६५ की जुना खड्का, बर्ष ९ की बिपना खड्काको मृत्यु भएको थियो ।

साथै मृत्यु हुनेमा बर्ष ३० का भक्त द्धाल, बर्ष २७ लक्ष्मि द्धाल सोही वडाका बर्ष २३ का चालक सुरेन्द्र थापा र रहेको प्रहरीले वडा प्रहरी कार्यालय चैनपुरका सहि माहानन्द जोशीले बताए  ।

घटनामा परि गम्भिर घाईते हुनेमा मष्टा गाउँपालिका १ का बर्ष १४ की संगिता खड्का , बर्ष २८का गोकुल शाही बर्ष २८का जनक द्धाल , बर्ष २८ की अनिता द्धाल र बर्ष १०का गणेश खड्का रहेका छन् । कोटदेबलका मृत्यु भएका कलक खड्काको एकै परिबारका तिनजनाको मृत्यु भएको बताईएको छ ।
 
 सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडी आएर भिरमा खसेको हो प्रहरीले बताएको छ । चालकले उकालोमा फोर ह्वीईल नहालेका कारण पनि जिप अनियन्त्रीत भई खसेको हुन सक्ने अनुमान रहेको बताईएको छ ।
       
 घाईतेहरुको उद्धारका लागि ९ एन एकेडि नम्बरको सिम्रीक एयरको  हेलिकप्टरबाट गम्भिर घाईत  तीन जनालाई उपचारका लागि नेपालगञ्ज लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ