arrow

सभापतिलाई बोल्न किन नदिएको भन्दै कांग्रेसले निकाल्यो विज्ञप्ति

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
congress-birodh2.jpg

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता  शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरे पनि सभामुखले नदिएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।  कांग्रेसले संसदीय अभ्यासलाई उलंघन गर्दै प्रमुख प्रतिपक्ष दलको नेतालाई बोल्न समय उपलब्ध नगराएकोमा आपत्ति जनाएको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै  विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको वेल घेर्नुपर्ने अवस्था सृजना भएको बताएका छन् ।  'सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य हो । यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।'

विज्ञप्तिमा भनिएको छ,' प्रधानमन्त्री देश बाहिर विदेश भ्रमणमा जाँदा संसदलाई सम्बोधन गरी कुन–कुन देशमा भ्रमण गर्ने, कोकोसँग के विषयका छलफल गर्ने र नेपाललाई त्यसबाट के प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी दिने प्रचलन  हुन्छ । प्रधानमन्त्री यूरोप भ्रमण जाँदा सदनलाई  र जनतालाई कुनै जानकारी नै दिनु भएन । प्रधानमन्त्रीको भ्रमणको पाँच दिन पछाडी मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्री यूरोप भ्रमणमा गएको जानकारी गराइयो ।'

केही दिन अगाडी मात्र प्रधानमन्त्रीले जनप्रतिनिधिहरुको प्रश्नको उत्तर दिने क्रममा संसदमा गैरसंसदीय, अमर्यादित शब्दहरु प्रयोग गरेर संसदको मर्यादा घटाउने कार्य गरेको र सभामुखले प्रधानमन्त्रीले बोल्दा प्रयोग गरेको अमर्यादित र गैर संसदीय शब्दहरु संसदको अभिलेखबाट हटाउने रुलिङ्ग गर्नुपरेको थियो ।

प्रतिपक्ष, जनप्रतिनिधि र जनताले उठाएका जनअधिकारका कुराहरुलाई कुण्ठित गर्न र संविधानका प्रावधानहरुलाई उलंघन गर्दै संविधान प्रतिकूल कानून बनाउने कृयाकलापमा सत्तापक्ष अगाडी बढिरेहेको भन्दै संसदीय कृयाकलापको नेपाली कांग्रेस संसदीय दल विरोध गर्ने जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिएका थिए । कांग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै विरोध गरेको थियो । सोही विषयमा निरन्तर अवरोधपछि मंगलबारको बैठक स्थगन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ