सरकारले फिर्ता लियो विवादित गुठी विधेयक

प्रकाशित मिति : २०७६ असार ३ मंगलबार

काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएको छ । व्यापक विरोध पछि मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्म कुमारी अर्यालले यस बारेमा जानकारी दिएकी हुन् । 

पत्रकार सम्मेलन पछि मन्त्री अर्यालको लेटरहेडमा प्रकाशित प्रेस बक्तव्य अनुसार नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यस्थित गर्न ल्याएको विधेयकबारे भ्रम सिर्जना गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिस भएकोले यो विधेयक फिर्ता लिजे निर्णय गरेको उल्लेख गरेकी छिन् । 

नयाँ