arrow

प्रधानमन्त्रीले भने ''मेरा मित्र देउवा देख्दा आश्चर्य चकित भएँ'' 

''संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेको होइन''

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
PM-oli-singhdurbar.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई देख्दा आश्चर्य लागेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा काँग्रेसको अवरोधका कारण मन्तव्य दिन नपाएका ओलीले प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

उनले लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सँगै लडेका मित्र शेर बहादुर देउवाले आफू बोल्न नपाएको भनेर असंसदीय व्यवहार गरेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका हुन् । उनले यद्यपि आफूले संसदमा बोल्न नपाएकोले पत्रकार सम्मेलनमा बोलेको भने नभएको स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीले काँग्रेस लोकतन्त्रको आवरणभित्र रहेर काँग्रेसले लोकतन्त्र विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले मंगलबार काँग्रेसले संसदमा देखाएको व्यवहारले संसदको मर्यादा घटाएको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ