arrow

विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ असार ३ मंगलबार
pestol.jpg

बुटवल । भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । उनी बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेको अवस्थामा पक्राउ गरीएको हो ।

एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो । उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ