arrow

हुम्ला जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७६ असार ४ बुधबार
Kharpunath_Gaunplaika.png

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
     
उनले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

साथै पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ