पाँचथरमा रोकिएन हत्याको सिलसिला, घाँटी रेटेर किशोरीको हत्या
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार ४ बुधबार
250
Shares
पाँचथर । पाँचथरको दक्षिणी भेग मिक्लाजुङमा नौ जनाको हत्या भएको एक महिना नवित्दै पाँचथरको जिल्लाको हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा किशोरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत इलाम घर भएकी २१ वर्षीया सुजाता तामाङको शव मंगलबार गएराती भेटिएको हो । चित्ते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताए ।
वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
दुईवटा समुहको बैठक सकि कार्यालय तर्फ फर्किदै गरेकोे अवस्थामा उनको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यलयको प्रारम्भिक अनुसन्धानबाट युवतीको साथमा भएको नगद रु ७८ हजार ५ सय रुपैँया हत्यामा हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ ।
युवतिको हत्या लुटपाटकै लागी गरिएको हो कि अन्य अरु कारण पनि हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
युवतीको शव पोष्टमाटमको लागी मंगलबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । युवतीको शवलाई उनको आफन्तहरु इलामबाट आए पछि पोष्टमाटम गरिने प्रहरीले बताएको छ । युवती स्थायी ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ । उनि केहि समय दखि फाइनानसमा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन । हत्यामा संलग्न हरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।