कानुनी सर्वोच्चता अनुसार प्रहरी अघि बढनुपर्छ : डिआईजी अधिकारी
शरद रेग्मी,
प्रकाशित २०७६ असार ४ बुधबार
675
Shares
दाङ । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीलाई बुधबार दाङका सामाजिक संघ सस्थाहरुले बिदाइ गरेका छन । तुलसिपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै डिआईजी अधिकारीले कानुनी सर्वोच्चता अनुरुप नेपाल प्रहरी अगाडि बढनुपर्ने धारणा रखे।
डिआईजी अधिकारीले भने,' कानुन भन्दा बाहिर गएर काम गर्ने अधिकार कसैलाई पनि छैन सबै कानुन कार्यन्वयन गराउने निकाय भनेको प्रहरी हो ।' उनले प्रहरीलाई उद्योग बाणिज्य संघहरुले गरेको सहयोगको सराहना गरे
तुलसिपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत ,निवर्तमान अध्यक्ष बिमल रिजाल ,सल्लाहकार तथा राप्ती बस समितिका अध्यक्ष सुरेश हमाल प्रेस सल्लाहकार एव रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,दुर्गा प्रसाद भुषाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए । सो अबसरमा राप्ती बस समिति,लायन्स क्लब अफ दाङ,रिपोर्टस क्लब दाङ,सामुदायिक प्रहरी सेवा केन्द्र तुलसिपुर लगायतले सयुक्तरुपमा प्रदेश प्रहरी प्रमुख अधिकारीलाई बिदाई गरिएको थियो । महिला बालबालिका सेवा निर्देशनालय काठमाडौंमा सरुवा भएर जानलाग्नु भएका डिआईजी अधिकारीलाई यस अघि अफिसर्स क्लब तुलसिपुरले पनि एक कार्यक्रमका बिच बिदाइ गरेको थियो ।