arrow

माईतीघर मण्डलामा संस्कृति प्रेमीहरुको शक्तिप्रदर्शन

logo
प्रकाशित २०७६ असार ४ बुधबार
maitighar-pphoto.jpg

काठमाडौं। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले सरकारको चर्काे विरोध गरेका छन्। गुठी परम्पराको माध्यमबाट सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। 

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन्।

आफूहरु भाडाका प्रदर्शनकारी नभई स्वतस्फूर्त रुपमा संस्कृति जोगाउनको लागि आन्दोलनमा उत्रिएको भन्दै प्रधानमन्त्री विरुद्ध उनीहरुले आक्रोश पोखेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ