arrow

सामाजिक परिचालिका नै नेकपामा, प्रचण्डले गराए पार्टी प्रवेश

logo
प्रकाशित २०७६ असार ४ बुधबार
ncp-flag.jpg

काठमाडौं । सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपा प्रवेश गरेका हुन् । खुमलटारमा बुधबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराए ।

नेकपा प्रवेश गर्नेमा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् सदस्य कविता थापा सोडारी, नेपाली काँग्रेसको दाङको परिचालिका अध्यक्ष विजयालक्ष्मी रेग्मी, प्रदेश नं २ को काङ्ग्रेस सक्रिय सदस्य गीता पोखरेल, प्रदेश २ कै राजपा नगर सदस्य इन्दुकुमारी साहलगायत छन् ।

उनिहरुलाई नेकपामा स्वागत गर्दै अध्यक्ष दाहालले सामाजिक परिचालकको रोजगारीको सुरक्षा र सरकारले तोकेको न्यूनतम् पारिश्रमिक दिलाउन पार्टीले पहल गर्ने बताए। “सरकारले सामाजिक परिचालकको रोजीरोटीको सुरक्षा, उचित पारिश्रमिक र राजनीतिक अधिकार उपलब्ध गराउने छ”, अध्यक्ष दाहालले भने, “तपाईंहरुको सुरक्षा र अधिकारका निम्ति कोशिश गर्छौं ।”

सरकारले गत साउनदेखि मजदूरको न्यूनतम पारिश्रमिक १३ हजार ४५० तोकेको भए पनि सरकारी कोषबाटै पारिश्रमिक लिने सामाजिक परिचालकले मासिक जम्मा नौ हजार मात्र तलब बुझ्दै आएका छन् । गाउँ तथा नगरपालिकामा सञ्चालित महिला जागृति तथा आयआर्जन कार्यक्रमअन्तर्गत मुलुकभर ६३६ सामाजिक परिचालिका कार्यरत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ