arrow

प्रधानसेनापति थापालाई चीनमा सम्मान

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
purna-chandra-china.jpg

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापालाई चीनमा सम्मान गरिएको छ । बेइजिङस्थित पिपुल्स लिबरेशन आर्मी हेडक्वार्टरुमा उनको सम्मानमा चिनियाँ मुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

सोही अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोग अन्तर्गत प्रदान भएको १५० मिलियन आरएमबी बराबरको सामग्रीहरु तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरेका छन् । 

 गत असार १ गते चीनको औपचारिक भ्रमणमा गएका थापालाई बुधबार सेन्ट्रल मिलिटरी कमिशन जनरल लि जुछेङसंग भेट गरेका छन् । 

भ्रमणकै क्रममा प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाल लगायत विभिन्न महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमणसमेत गरेका छन् । 

प्रधानसेनापति थापा शनिबार काठमाडौं फर्कने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ