arrow

मेयर चौधरी फेरी तानिए विवादमा, महिला अधिकारकर्मीले निकाले विज्ञप्ति

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
chaudhari.JPG

काठमाडौं ।  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी फेरी विवादमा तानिएका छन् । महिलाहरु माथि अपशब्द बोलेपछि मेयर चौधरी विवादमा तानिएका हुन् ।

बिहिबार महिला सञ्जाल इटहरीले प्रेस विज्ञप्ति निकाल्दै असार ४ गते १६ र १७ मा भएको समाजिक विकृति बिरुद्ध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बोल्ने क्रममा महिलाहरुको अस्मितानै आच आउने गरी बोलिएका शब्द प्रति आपत्ति जनाएको छ ।

महिला सञ्जालकी अध्यक्ष बिमला ढकालद्वारा जारी विज्ञप्तिमा महिला हिंसाका घटना हुनुमा, विकृति विसंगति हुनुमा, यौन कर्ममा लग्नुमा, महिला एकलैको मात्र नभइ महिलालाई हेरिने दृष्टिकोण  पारिवारिक कलह रहेको जनाइएको छ ।  इटहरी उपमहानगर स्तरमा ४० भन्दा ज्यादा महिला अधिकारकर्मीले त्यसतो हुनुमा जिम्मेवार पुरुषको पनि त्यतिकै रहेको बताएका छन् ।

 बुधबार नागरिक समाजद्वारा आयोजित समाजिक विकृतिका विरुद्ध अभियान कार्यक्रममा महिलाहरुमा लक्षित गर्दै अपशब्द बोलेका थिए । इटहरीमा बढ्दो वेश्यावृत्ति लाई लिएर मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए।

उनले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र… जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले सो क्षेत्रमा र… कै कारण घरभाडा चल्ने, र… कै कारण औषधी पसल चल्ने, मनोरञ्जन गर्न र.. चाहिने जस्ता अपशब्द बोलेका थिए। सोही कारण इटहरी बदनाम भएको मेयर चौधरीको भनाइ थियो।

यसअघि  इटहरीका पत्रकार विराट अनुपमलाई धम्कीको दिएपछि विवादमा तानिएका थिए । उनले पत्रकारलाई कालोमोसो दल्नेदेखि नाकको डाँडी भाच्ने जस्तासम्म धम्कीहरु दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ