arrow

नगद लुटेर सुजाताको हत्या गर्ने घनेन्द्र रकमसहित पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार ६ शुक्रबार
suja.jpeg

पाँचथर । पाँचथरको गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या भएको २ दिनपछि आरोपी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख –(डिएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले तामाङको हत्यामा संलग्न हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती –(अश्मिन)लाई विहिवार साँझ ८ वजे पक्राउ गरेको हो ।

हत्या पछि फरार रहेका अभियुक्तको खोज तलास गर्ने क्रममा प्रहरीले लावतीको साथवाट लुटिएको ८१ हजार ७० र हत्यामा प्रयोग भएको खुकरी पनि वरामद गरेको छ ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालनसँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते मंगलबार हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ । उनले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीले जनाएको छ ।

इलामको माइ जोगमाइ घर भएकी २० वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ