कर्णाली । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाउपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबै जनाको शव नभेटिएपछि पुत्लाबनाएर बिहीबार दाहसंस्कार गरिएको छ ।
बेपत्ता भएकाहरुका आफन्तहरुले केही नभेटिए कुसको पुत्ला बनाएर दाहसंस्कार गरेका हुन् । असार ३ गते खार्पुबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप कर्णालीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका छन् ।
बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खसेपछि बुधबार गोताखोरको टोली घटनास्थलमा पुगेको थियो । गोताखोरकोले लगातार दुई दिनसम्म खोज्दा पनि शव भेटाउन नसकेपछि पुत्लाबनाएर दाहसंस्कार गरिएको हो।