- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघ डोटीका नेता पुष्कर सिंहको शव २६ दिनपछि शुक्रबार बिहान फेला परेको छ ।
डोटीको आदर्श गाँउपालिका —५ स्थायी घर भएका नेता सिंह गएको जेठ १३ गते आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । ४५ वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपा डोटीका नेता कार्यकर्ता तथा स्थानीयवासी खोजी कार्यमा लागेका थिए ।
शुक्रबार बिहान शिखर नगरपालिका —१ कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले जानकारी दिए ।
स्थानियले सालमुनि मन्दिर नजिक शव बगिरहेको देखेपछि हामीलाई खबर गरेपछि हाम्रो टोली शव भएको ठाउँमा गएको उनले वताए ।
शव फेला परेको स्थानमा डोटी प्रहरी, नेकपाका नेता तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको छ ।
त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका —४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिले सम्म शव फेला परेको छैन ।