arrow

ओखलढुङ्गा काण्डमा शहिद भएका क्याप्टेन थापाको घर छाउन खतिवडाको सहयोग

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
ramhari1.jpg

ओखलढुङ्गा । ओखलढुङ्गा काण्डमा शहिद भएका क्याप्टेन यज्ञ बहादुर  थापाको घर छाउन पूर्व  सांसद तथा नेपाली कांग्रेस नेता रामहरी खतिवडाल सहयोग गरेका छन् । खतिवडाले प्रजातान्त्रिक आन्दोलनका योद्धा क्याप्टेन यज्ञ बहादुर थापाको ८५ बर्षीय धर्मपत्नि पुर्ण कुमारी थापालाई घरमै भेटी घरको छानो छाउन सहयोग गरेका हुन् ।

 थापाको घरको छानो चुहिने भइ जिर्ण भएपछि खतिवडाले उनको घर छाउने कर्कटपाता किन्नको लागि ४० हजार रुपैयाँ सहयोग गरेका हुन् । लोकतान्त्रिक आन्दोलनको एउटा कालखण्डमा सशस्त्र आन्दोलनको नेतृत्व गरेका थापाको गौरवपूर्ण इतिहास र उनिसँगै शहिद भएकाहरुको सम्मानमा सहयोग गर्न पाउदा खुशी लागेको खतिवडाले बताए ।   

सहयोग रकम ग्रहण गर्दै क्याप्टेन यज्ञ बहादुर थापाको धर्मपत्नि पुर्ण कुमारीले खतिवडालाई धन्यवाद दिइन् ।

केही दिन पहिला क्याप्टेन यज्ञ बहादुर थापाको सालिक अनावरण कार्यक्रममा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष  प्रचण्डलाई साघुटार- घोराखरी- ओखलढुङा- सिलौरिघाट सडकलाई क्याप्टेन यज्ञ बहादुर थापा मार्ग घोषणा गर्न माग गरेका थिए ।

लोकतान्त्रिक आन्दोलनको महान योद्दाहरुलाई सरकाले व्यवास्ता गरेको खतिवडाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ