arrow

जानकीको काखमा उपेन्द्रले भने - बुद्धले योगबाट सिद्ध गरेर देखाए

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार ६ शुक्रबार
upendra2.JPG

जनकपुरधाम । रोगमुक्त, तनावमुक्त र स्वस्थ्य जीवनको लागि सबैलाई योग अनिवार्य रुपमा गर्नुपर्ने उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् ।

पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतंजलि योगपीठ नेपाल, भारतीय राजदुतावास, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद र जानकी मन्दिरको संयुक्त आयोजनामा जनकपुरधाममा शुक्रबार आयोजित योग शिविर कार्यक्रममा उपप्रधानमन्त्री यादवले बताए ।

सयौ बर्ष अगाडि भगवान गौतम बुद्धले पनि योगकै माध्ययमबाट जीवनलाई स्वस्थ्य र खुशी बनाउन सकिन्छ भनी सिद्ध गरी देखाएको स्मरण गराए । उपप्रधानमन्त्रीले भने  आजको समयमा अस्वस्थ्य खानपान तथा मानसिक तनावले जीवन अस्त व्यस्त भएको बेला योगले निरोग रही स्वस्थ्य जीवनयापन गर्न सहज बनाउने तर्क राखे ।

त्यस्तै, कार्यक्रममा प्रदेश नम्बर दुई  का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तन र मनलाई स्वस्थ्य राख्न अन्तर्राष्ट्रिय स्तरमा समेत योग दिवस मनाउँदै आउनु गर्वको कुरो रहेको बताए। प्रदेश प्रमुख कायस्थले योगबाट नै मानसिक तथा शारिरिक सन्तुलन कायम राख्न मद्धत पुग्ने विश्वास समेत व्यक्त गरे ।

योग दिवसको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का मन्त्रीहरु तथा साँसदहरु, सँघिय साँसदहरु, प्रमुख जिल्ला अधिकारी, प्रदेश सभामुख लगायत बिभिन्न साधक तथा साधिकाहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ