arrow

पानीको बहाब बढेपछि चितवन क्षेत्रमा प्रहरीको 'हाई अलर्ट'

logo
प्रकाशित २०७६ असार ७ शनिबार
weather.png

काठमाडौं । नेपाल प्रहरी र मौसम पूर्वानुमान महाशाखाले पानीको उच्च बहाबका कारण तटीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ। महाशाखा र प्रहरीले शनिबार ट्वीटरमार्फत् पानीको बहाब बढिरहेको भन्दै सतर्क रहन भनेको हो । 

चितवन जिल्ला माडी नगरपालिका भएर बहने रिउ खोलामा बहाब उच्च बन्दै गएको प्रहरीले जनाएको छ । चितवन माडी स्थित बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्ती केन्द्रहरुमा पछिल्लो १२ घण्टामा १०० मिलिमिटर आसपास वर्षा भएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । अहिले पनि त्यहाँ वर्षा हुने क्रम जारी रहेको बताइएको छ।

केन्द्रले प्रदेश ३ र गण्डकी प्रदेशको चुरे तथा पहाडी क्षेत्रका स-साना खोलानाला र पहिरो क्षेत्रहरुमा भोलिसम्म नै सतर्कता अपनाउन भनेको छ। ठूला नदीहरु बागमती, नारायणी तथा यसका मुख्य शाखानदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी सेती, कालीगण्डकी लगायतमा भने जोखिम नरहेको केन्द्रले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ