arrow

अब वर्षा नै वर्षा, मनसुन सक्रिय 

पश्चिमी र मध्य भूभागमा भारी वर्षा, उच्च हिमाली भूभागमा हिमपात 

logo
प्रकाशित २०७६ असार ८ आइतबार
weather.JPG

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अब निरन्तर वर्षा भइरहने बताएको छ । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेकाले अबको दुई पश्चिम क्षेत्रका विभिन्न स्थानमा वर्षा गराउने महाशाखाले जनाएको छ । 

पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर रहेको मौसमविद्हरुले बताएका छन् । पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना बढी देखिएको छ । 

आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी भेगमा  आंशिकदेखि सामान्य बदली रही  पूर्वका केही  स्थानहरुमा साथै मध्य  तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति पनि वर्षा हुनुका साथै हिमाली भूभागहरुमा हिमपात हुने महाशाखाले जनाएको छ । यसअघि शनिबार राति भारी वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ