arrow

अलमलमा नेकपा, सचिवालयको पनि औचित्य हुन छाड्यो 

logo
प्रकाशित २०७६ असार ८ आइतबार
ncp-meeting1.jpg

काठमाडौं । लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । शनिबार बसेको बैठक एजेन्डामै प्रवेश नगरी सकिएको हो ।

शनिबारको बैठकमा  पार्टीको राजनीतिक प्रतिवेदन र पार्टी एकताका बाँकी प्रक्रिया टुंगो लगाउन छलफल गर्ने भनिएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीको युरोप भ्रमण र पछिल्ला फाट्फुट राजनीतिक कुराकानी गरेरै बैठक टुंगिएको हो । 

सचिवालय सदस्य वामदेव गौतमका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी गराएका थिए । त्यसपछि पछिल्ला राजनीतिक उतारचढावबारे सामान्य कुराकानी भए पनि  बैठक एजेन्डामा प्रवेश गरेन । 

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको भए पनि अहिलेसम्म पार्टीले पूर्णता पाउन सकेको छैन । 

एकताको १३ महिना पूरा भइसक्दा पनि अझै पार्टीको राजनीतिक प्रतिवेदन अहिलेसम्म आउन नसक्नु दुर्भाग्य भन्दै चर्को चालोचना हुन थालेको छ । 

यसअघि जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन सचिवालय बैठक बसे पनि त्यसले निचोड निकाल्न सकेको थिएन । पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँट पनि हुन सकेको छैन । 

ओली युरोप भ्रमणबाट फर्किए लगत्तै यसको टुंगो लगाउने बताइएको थियो । तर ओली फर्केको लामो समय भैसक्दा ढिला गरी सचिवालय बैठक बसे पनि एजेन्डामै प्रवेश गर्न नसक्नु नै दुर्भाग्य भएको छ । 

ओलीले सत्ता र पार्टी चलाउँदा अप्ठेरो भइरहेको नेकपाका नेताहरुले नै बताउन थालेका छन् । सचिवालय बैठकमा सचिवालय सदस्यहरुले दिएका सुझावसमेत नेतृत्वले ग्रहण गर्न नखोजेको भन्दै आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ