arrow

साझाले बनाईदियो घर

logo
प्रकाशित २०७६ असार ८ आइतबार
sajha1.jpg

काठमाडौं ।  साझा पार्टीले आफ्ना शुभचिन्तक र सदस्यहरुबाट संकलित रकम तथा श्रमदान गरी केहि दिन अघिको हावाहुरीबाट कैलालीमा क्षति भएका ११ घरहरुको पुनर्निर्माण गरिदिएको छ।  

पार्टीको कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको घर पुनर्निर्माण गरेको सो पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए।

पार्टीले धनगढी पुरानो भन्सारका जुवेद शेख, कनरीकी निर्मला ओझा,  गौरी लामा, करन बोगटी, मतादेवी साउँद, हरि सार्कीको घर पुनर्निर्माण गरिदिएको जनाएको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी लक्ष्मी दमाई, कमला बिक, कनरीका जोगी राना, जुगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर पुनर्निर्माण गरिएको छ।

पार्टी सदस्य र शुभचिन्तकहरुबाट सहयोग उठाएर १ लाख २९ हजार ५२५ रुपैयाँको जस्ता पाता तथा क़िला खरीद गरी पार्टी सदस्यहरुले  श्रमदान गरेर सम्पन्न उक्त ११ घरको पुनर्निर्माण गरिदिएको कुरा संयोजक हमालले बताए।

राजनैतिक पार्टीले बिरोध प्रदर्शन र हड़ताल मात्र गर्छन् भन्ने छाप आम जनमानसमा परिरहेको सन्दर्भमा साझा पार्टीको यो कामलाई सुदूरपश्चिममा निकै सकारात्मक पक्षबाट हेरेको पाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ