arrow

दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत

logo
प्रकाशित २०७६ असार ८ आइतबार

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै जना दाङ जिल्ला लही नगरपालिका–३ का २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरी भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रवीनराज मैनालीले पुष्टि गरे।

मृतकका आफन्त बुटवलमा रहेको र घटना थाहा पाएर प्रहरीको सम्पर्कमा आएपछि उनीहरुको सनाखत भएकोसमेत उनले बताए । दाङ लमहीका मजदूर बुटवलमा काम सकेर राति घरतर्फ जान लागेका बेलामा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ५९४८ नं को बसले गएराति करीब १२ बजेको समयमा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु८प ८४७५ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको थियो ।

मृतकको शरीर जलेर क्षत्विक्षत अवस्थामा नचिन्ने अवस्थामा रहेकाले आफन्त सम्पर्कमा आएपछि मात्र सनाखत हुन सकेको हो ।

बसको ठक्करपछि मोटरसाइकलमा लाग्यो आगो, शव चिन्न सकिएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ