arrow

अदुवा कम्पनीको फाईल अख्तियारले अगाडी बढायो

कम्पनी हिसाव मिलाउदै, नियमन निकाय हिसाव माग्दै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार ८ आइतबार
aduwa.jpg

स्याङ्जा ।  एक जिल्ला एक उत्पादनका लागि दुई निकायबाट अनुदान रकम लिएपछि अख्तियारमा उजुरी परेको वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योग प्रालिको फाईल छानविनका लागि अगाडी बढेको छ । २०७३ साल जेठ १३ गते सचिवस्तरको निर्णय अनुसार दोहोरो लगानी सम्वन्धमा आवश्यक कारवाहि गरिदिन भन्दै कृषि विकास मन्त्रालयले अख्तियारमा दर्ता गराएको उजुरीको फाईल बल्ल अगाडी बढाएको हो ।  तिन बर्ष सम्म अख्तियारको टेवलमा रहेको उजुरी विभिन्न मिडियाले फलोअप गर्न थालेपछि मात्रै अगाडी बढाएको बुझिएको छ । २०७१ सालबाट एक जिल्ला, एक उत्पादन (ओडीओपी) कार्यक्रम अन्तर्गत वालिङ उद्योग वाणिज्य संघसगँ सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम शाखाबाट वालिङलाई सो कार्यक्रमका लागि सम्झौता भएको थियो ।

संघको नियमनमा र स्थानीय कम्पनीलाई उद्योग संचालनका लागि साझेदारी (५०—५० प्रतिशत) अन्तर्गत रहेर कार्यक्रम संचालन गर्ने विधानत व्यवस्था रहेको छ । अनुदान रकम प्राप्त भएपछि शेयर सदस्यहरु विच विवाद बढ्दै जादा कम्पनीको नेतृत्वले सामथ्र्य गैह्र सरकारी संस्थामा पनि अनुदान माग गरेको भेट्टिएपछि कृषि मन्त्रालयले अख्तियारमा छानविनका लागि उजुरी दर्ता गराएको थियो । कृषि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरेपनि अहिले सम्म अख्तियारले सो उजुरीलाई प्रथामिकता दिएको देखिदैन ।

यसबारेमा मिडियाले खोजी गर्न थालेपछि अहिले यस बारेमा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदिपकुमार कोईरालाले यो उजुरी माथी अनुसन्धान भईरहेको बताए । घट्ना स्याङ्जाको उजुरी केन्द्रमा दर्ता भएको रहेछ प्रवक्ता कोईरालाले भने,“स्थलगत रिर्पोटका कारण यसको छानविन प्रक्रिया लम्विन गएको हो ।” प्रतिवेदन सबै आईसकेकोले यसको समयमै टुङ्गो लाग्ने छ कोइरालाले भने । कति समयमा यसको टुङ्गो लाग्छ भनेर प्रश्न गर्दा कोइरालाले समय भन्न नमिल्ने हामी अनुसन्धानमै छौं भन्दै सबै विषय टुङ्गो लाग्ने वित्तिकै बाहिर आउने बताए ।

थप कागतजातको खोजी गर्नुपर्ने भएपनि तोकिएकै समयमा उजुरीको फैसला हुने दावी गरे । अर्को तर्फ अनुदानको रकमलाई हिनामिना गर्न सघाउने काम कृषि उद्यम केन्द्रबाट पनि भएको आशंका गरिएको छ । किर्ते कागतजात पेश गरी अनुदान रकम कृषि उद्यम केन्द्रले उपलव्ध गराएको बुझिएको छ । कृषि उद्यम केन्द्रका कर्मचारी रमेश कडरीयले हामीबाट कुनै गलत काम नभएको बताएका छन् । शेयर सदस्यको आपसी झगडाले यस्तो समस्या आएको हो कडरीयाले भने,“म त कर्मचारी हो यस विषयमा अख्तियारले छानविन गरिरहेको छ ।” तपाईको पनि संलग्नता छ रे नी भन्ने प्रश्नमा जागिरे भएकाले जिम्मेवारी लिनु पर्छ तर हामीबाट त्यस्तो छैन बुझेर लेख्नु होला भन्दै कडरीयाले फोन काटे ।

 यता अदुवा कम्पनीले अनुदानको रकममा गरेको हिनामिनाको खवर बाहिर आएपछि नियमन निकाय वालिङ उद्योग वाणिज्य संघ र अदुवा कम्पनी संचालक बिच चर्को टकराव परेको छ । वालिङ उद्योग वाणिज्य संघले तुरुन्त हिसावकिताव बुझाउन अदुवा कम्पनीलाई ताकेता गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । पेश्कि रकमको पछैट गर्न एक हप्ताको समय दिएका छौं संघका अध्यक्ष पौडेलले भने,“ कम्पनी संचालकले हिसावकिताव गर्दै छौं भन्ने खवर प्राप्त भएको छ ।” संघले भनेको समयमा कम्पनी संचालकले हिसाव किताव मिलान गर्ने विश्वास हामीले लिएका छौं पौडेलले भने ।

 कृषि उद्यम केन्द्रले अहिले सम्म कति रकम अनुदान दिएको छ भन्ने विषय पनि अन्योल देखिएको छ । कम्पनी संचालकले पार्दशितारुपले वालिङ उद्योग वाणिज्य संघलाई अनुदानको रकम कति आएको भन्ने विषय लुकाउदा संघ समेत अन्योलमा रहेको छ । तिन किस्ता गरी अदुवा कम्पनीलाई कृषि उद्यम केन्द्रले १ करोड ७७ लाख ५० हजार भन्दा माथी रकम आएको बताइएको छ । ५० प्रतिशत अनुदान र ५० प्रतिशत शेयर सदस्यको लगानी रहने कम्पनीमा शेयर सदस्यले हाल सम्म लगानी नगरेर अनुदान रकमलाई मात्रै किर्ते कागतजात मिलाएर हिनामिना गरेको कम्पनीका असन्तुष्ट शेयर सदस्यहरुको भनाई रहेको छ । कम्पनीले गरेका किर्ते कागतजात भने संवाददाता सगँ सुरक्षित रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ