नागरिकप्रति अनुदार प्रवृतिको पछिल्लो परिणाम गुठी विधेयेक : जोशी
भक्तरामको अध्यक्षतामा तिरहुतेको नयाँ कार्यसमिति चयन
प्रकाशित २०७६ असार ८ आइतबार
355
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले सरकारको नागरिकप्रति अनुदार प्रवृतिको पछिल्लो परिणाम गुठी विधेयेक भएको बताएका छन् । तिरहुते ब्राम्हण सेवा समिति साधारण सभाको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले पछिल्लो विकसित घटनाक्रम अन्र्तगत गुठी विधेयकमा राज्यले शक्तिको आडमा नागरिकमाथि जे गर्दा पनि हुन्छ भन्दै देखाएको अनुदार प्रवृति हो भने ।
पूर्व उद्योगमन्त्री समेत रहेका जोशीले सो प्रवृतिलाई गुठी संबद्ध संघसंस्था र समितिलेनै साइजमा ल्याउँदै पछाडि हट्न वाध्य पारेको बताए ।
उपत्यकाका अल्पसंख्यक रैथाने तिरहुते ब्राम्हणहरुको आधिकारिक संस्था तिरहुते ब्राम्हण सेवा समितिको शनिवार सम्पन नवौ साधारण सभाले भक्तराम झाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ । निर्विरोध निर्वाचित कार्य समितिको उपाध्यक्षमा राधेश्याम मिश्र,सचिवमा अमृतनाथ मिश्र, सहसचिवमा सुजन झा र कोषाध्यक्षमा प्रभावकरलाल झा रहेका छन् ।
त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा क्रमस कृष्णचन्द्र झा , सूर्यगोपाल झा , केशव मिश्र, सुमनदत्त मिश्र, सहन मिश्र र श्रीमला मिश्रलाइ चयन गरिएको समितिका निवर्तमान सचिव श्रीजन झाले जानकारी दिए ।
सो अवसरमा उनले समितिका संस्थापक अध्यक्ष गुरुदत्त मिश्र, सल्लाहकार दिव्यचरण झा र स्व : भरत गोपाल झाका जीवनसारथी अम्विका झालाइ समितिको तर्फबाट अभिनन्दन गरेका थिए ।
कार्यक्रममा समिति उपाध्यक्ष केशव मिश्रले स्वागत मन्त्व्य दिएका थिए भने समितिका पूर्व अध्यक्ष राजन मिश्र र संस्थापक अध्यक्ष गुरुदत्त मिश्रले सम्मानीत व्यक्तित्वहरुको तर्फबाट कुरा राखेका थिए ।