arrow

धर्म परिवर्तनलाई अझै खुकुलो गराउन अमेरिकी दबाब

समान प्रकृतिको रिपोर्टमा भारतको कडा जवाफ, नेपाल मौन 

logo
प्रकाशित २०७६ असार ८ आइतबार
christian-church-dhading.jpg

काठमाडौं । अमेरिकी दूतावास र अमेरिकाबाट आएका प्रतिनिधिहरुले सरकारसँग नेपालमा धर्मान्तरणलाई खुकुलो बनाउन माग गरेको भेटिएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुले नेपाल सरकारसँगको भेटवार्ताको क्रममा पटक पटक यस्तो माग गरेको भेटिएको हो । 

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने  ‘रिपोर्ट अन इन्टरनेसनल रिलिजियस फ्रिडम २०१८’ को यो वर्षको रिपोर्टमा नेपालमा धर्मान्तरण गर्नेलाई पक्राउ गरी स्वदेश फिर्ता गरिदिएको बारेमा समेत उल्लेख गरिएको छ । जुन २१ मा जारी गरेको सो रिपोर्टमा अमेरिकाले विशेषगरी ईशाई धर्मालम्बीहरुमाथि हिन्दूहरुले ज्यादती गरेको जस्ता विषयहरु उल्लेख गरेको छ । 

विभिन्न स्थानको घटनाहरुलाई समेटेको सो रिपोर्टमा अमेरिकाले बाँके जिल्लामा रहेको क्याथोलिक चर्चमा हिन्दू जागरण नेपालले गरेको आक्रमण लगायतका घटना देखाएर नेपालमा क्रिश्चियनहरु असुरक्षित रहेको बताएको हो । विश्वमा धर्मको स्वतन्त्रताको विषयमा तयार पारेको सो रिपोर्टमा अमेरिकाले मुस्लिम लगायत अन्य धर्मको व्यक्तिहरुको समस्याबारे भन्दा पनि ईसाईकरण र धर्मान्तरणलाई खुकुलो गर्नुपर्ने विषयमा मात्रै बढी प्राथमिकता दिएको छ । 

सोही रिपोर्टमा भनिएको छ यसै वर्ष अमेरिकी दूतावासका अधिकार र अमेरिकाबाट आएका प्रतिनिधिहरुले सरकारका अधिकारीहरुलाई भेटेर संधार्मिक स्वतन्त्रता र प्रतिबन्धको विषयमा कुराकानी भएको थियो । उनीहरुले संविधान र नयाँ अपराध ऐन विपरित धर्म परिवर्तन गराउनेलाई निरुत्साहित गरेको गुनासो गरेको छ । 

उनीहरुले नागरिक समाजका अघुवाहरुलाई समेत यस विषयमा भेटेर कुरा गरेका थिए । उनीहरुले क्रिसमसमा विदा कटाएको, हिन्दू राजनीतिक दलका नेताहरुले क्रिश्चियन धर्मालम्बीहरुमाथि आक्रमण गरेको जस्ता जानकारीहरु अमेरिकी राजदूतावासमा आएको गुनासो र अमेरिकी राजदूतले चलाएको ट्वीटर संवादबाट समेत जानकारी प्राप्त भएको उल्लेख गरेको छ । 

परराष्ट्रले दिएको छैन केही प्रतिक्रिया 
यो रिपोर्टको विषयमा अहिलेसम्म सरकारले कुनै प्रतिक्रिया दिएको छैन । नेपालको संविधानमा जवर्जस्ती धर्म परिवर्तनलाई प्रतिबन्ध लगाईएको छ । यसैमा पनि केही कमजोरी भने नराखिएको पक्कै छैन । यद्यपि जवर्जस्ती धर्मपरिवर्तन संविधान विपरित नै छ ।

परराष्ट्र मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी सुरेश अधिकारीले आफूले थाहा पाएसम्म त्यो रिपोर्टको बारेमा परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको बताएका छन् । अमेरिकी प्रतिनिधि मण्डलले धर्मान्तर खुकुलो गर्न भेटघाट गरेको विषयमा भने आफू जानकार नभएको भएपनि सधैंको भेटघाटमा उनीहरुले धर्मको मुद्दा उठाईरहने जानकारी दिएका छन् । 

केही समय अघि क्रिश्चियन धर्मको प्रचारका लागि पिलाईएको होली वाईनको विषयमा विवादमा आएको सरकारले ईसाई धर्मान्तरणलाई सहयोग गर्नेगरी धेरै कामहरु गरिरहेको छ । ईसाई धर्म प्रचारक विश्वविद्यालयलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको घटनादेखि गुठीहरुको अस्तित्व समाप्त हुने गरी विधेयक ल्याउनेबेलासम्म सरकारले क्रिश्चियन धर्म प्रचारकहरुलाई नै सहयोग पुग्ने काम गरिरहेको छ ।  

यस्तै मुद्दामा भारतले दियो अमेरिकालाई कडा जवाफ 
यस्तै रिपोर्ट अमेरिकाले भारतको सवालमा पनि उठाएको छ । भारतमा हिन्दूहरुले मुस्लिम माथि ज्यादती गरेको रिपोर्टमा भारतीय विदेश मन्त्रालयले यो भारतको आन्तरिक मामला भएको भन्दै भारतको मानवअधिकारको विषयमा अमेरिकालाई बोल्ने अधिकार नरहेको उल्लेख गरेको छ । 

त्यहाँ भारतीय जनता पार्टीले पनि यसको विरोधमा प्रतिक्रिया दिईसकेको छ । तर, नेपालमा भने सरकारी निकाय र राजनीतिक दलबाट पनि यसमा कुनै प्रतिक्रिया आएको छैन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ